Banijya News

टेबल-टेबल काम घुमाउने कार्यशैली त्याग्नु पर्छ : प्रधानमन्त्री देउवा

1
1.1K Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवलाई २७ बुँदे निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर संयुक्त रुपमा मन्त्री÷राज्यमन्त्री र सचिवलाई प्रधानमन्त्री देउवाले २७ बुँदामा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाको निर्देशन बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन, चुनावी तयारीलगायत विषयमा केन्द्रित छ । उनले पाँच दलीय गठबन्धनको सरकार गठन भएको एक वर्षमा सरकारले राजनीतिक स्थायित्व प्रदान गर्दै स्थानीय तहमा नयाँ नेतृत्व स्थापित गराएको उल्लेख गरेका छन् ।

स्थानीय तह निर्वाचनपछि आएको नेतृत्वले विकास र सेवा प्रवाहमा उत्साह देखाएको देउवाको भनाई रहेको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केही महिनामै हुने जानकारी गराउदै त्यसको तयारीलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्न निर्देशन समेत दिएका हुन् । ‘निष्पक्ष, विश्वासिलो र भरपर्दो वातावरण बनाई निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकतामा राखी अघि बढ्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु’’, प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री देउवाले जनतालाई सेवा दिने सवाललाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिए । “तपाईंहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,“ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, “जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस् ।“

प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधन सुविधान र इन्धन नदिन पनि निर्देशन दिए । इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला देउवाले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधान पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवलाई निर्देशन दिए ।  विद्युत खपत बढाउने, निर्यातलाई प्रवद्र्धन गर्ने काम सबै मन्त्रालयले योजना बनाएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीको निर्देशनमा उल्लेख छ ।

उक्त बैठकमा सरकारका सबै मन्त्रीले आर्थिक वर्षको बजेट र यसको कार्यान्वयनका विषयमा धारणा राखेका छन् ।

1

Scroll to Top