नेपाल बैंक पनि यस वर्ष लाभांश वितरण नगर्नेको सूचीमा सामेल भएको छ । बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले वार्षिक वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
बैंकले गत वर्षहरू निरन्तर लाभांश वितरण गर्दै आएको थियो । गत वर्ष बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।


