Banijya News

२५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदै छ कारोबार ?

1
1.1K Shares

सुनको भाउ आज एकैदिन २५ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा झरेको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर २१ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको भाउ प्रतितोला २१ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

1

Scroll to Top