Banijya News

प्राकृतिक प्रकोप उद्धारकालागि सरकारी कोषमा ४ अर्ब ६५ करोड रुपैयाँ

1
1.1K Shares

नेपालमा प्राकृतिक प्रकोपबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि सरकारी कोषमा कुल ४ अर्ब ६५ करोड रुपैयाँ उपलब्ध रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार यो रकम विभिन्न कोषहरूमा बाँडिएको छ।

प्राधिकरणका अनुसार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख रुपैयाँ, र जिल्ला विपद् व्यवस्थापन कोषमा ६९ करोड ५ लाख रुपैयाँ मौज्दात छ।

प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले जानकारी दिनुभएअनुसार, जिल्ला व्यवस्थापन कोषमा न्यूनतम मौज्दात कायम गर्नका लागि केन्द्रबाट रकम पठाई सबै जिल्लाको कोषमा आवश्यक रकम पुर्‍याइएको छ। यसले गर्दा कुनै पनि जिल्लामा विपद्को अवस्थामा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न सहज हुनेछ।

1

Scroll to Top