सन नेपाल लाइफ इन्सुरेन्सले बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । जसमा यस कम्पनीले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ताका लागि आवेदन परेको छ ।
यसआधारमा २ लाख २४ हजार ७२८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।


