Banijya News

मार्जिन कारोवारका लागि एघार ब्रोकर

1
1.2K Shares

दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाका लागि ११ वटा ब्रोकरले अनुमति पाएका छन् । मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि नेपाल स्टक एक्स्चेञ्जले कारोबारको अनुमतिका लागि ११ वटा ब्रोकरलाई प्रमाणपत्र दिएकाछन् ।

राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबारका लागि दिव्य सेन्यूरिटी एण्ड स्टक हाउस (५९) अक्षयतारा इन्भेसमेन्ट एण्ड सेन्यूरिटी (५७), क्रिस्टल कनचनजंघा (५०) दिपशिखा धितोपत्र कारोबार (३८), सेक्योड सेक्यूरिटी (३६), कोहिनूर इन्भेष्मेन्ट एण्ड सेन्यूरिटी (३५), भिजन सेक्युरिटी (३४), दक्षिणकालि इन्भेष्मेन्ट (३३) श्रीकृष्ण सेन्यूरिटी (२८), प्रिमो सेन्यूरिटी (१६) र नेपाल स्टक हाउस (१४)ले कारोबारको अनुमति पाएका छन् । राष्ट्र बैंकले ८ वटा ब्रोकर कम्पनीलाई केही दिन अघि र तीन वटालाई बुधबार मार्जिन ट्रेडिङ गर्ने स्वीकृति दिएको थियो । मार्जिन कारोबारको कार्यविधि बनिसकेकाले अब यी ब्रोकर मार्फत मार्जिनको सुविधामा कारोबार गर्न पाउने भएका हुन ।

मार्जिक कारोबार गर्नलाई बजारको अवस्था तथा जोखिम हेरेर ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने हुन्छ । ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्ने छन् । धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको बोर्डले गरेको छ ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यबस्था कार्य्विधिले व्यबस्था गरेको छ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्ने ब्यवस्था धितोपत्रबोर्डले तयार गरेको कार्यविधिमा छ । मार्जिनको सुविधाबाट खरिद गरिएको शेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाइ राख्नुपर्ने कार्य्विधिमा उल्लेख छ । उक्त कारोबारको लेखापरीक्षण गरिएको कारोबार हिसाब किताब तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने व्यवस्था छ । धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा ग्राहकसँग सम्झौता गरी शुरु मार्जिन, सम्भार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरिद गर्ने शेयरको विवरण लगायतका सर्तहरु खुलाउनुपर्ने छ ।

1

Scroll to Top