Banijya News

मरुभूमिबाट खानेपानी आयात

1
1.2K Shares

नेपाल जलस्रोतमा व्राजिल पछीको दोश्रो धनि देश भनेर हामीले सानै कक्षावाटै पढ्दै र सुन्दै आइरहेका छौ तर यो कुरा व्यवहारमा गलत सावित भएको छ, किनभने, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ । भन्सार विभागको पछिललो तथ्यांकलाई आधार मान्ने हो भने, नेपालमा यूएइ बाट मात्रै २०७२ देखि २०७६ सम्ममा २८ लाख ४७ हजार रुपैयाँको तथा, भारत, चीन, फ्रान्स, अमेरिका, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्यान्ड, अस्ट्रेलिया, क्यानडा, थाइल्यान्ड, फिलिपिन्स लगायत दर्जनभन्दा बढी देशबाट ७ करोड ३९ लाख रुपैयाँको २१ लाख लिटर खानेपानी नेपाल आयात गरिएको छ । सबैभन्दा बढी खानेपानी भारतबाट आयात हुने गर्छ । उक्त अवधिमा भारतबाट मात्र ३ करोड ९६ लाख ४७ रुपैयाँको खानेपानी आयात भएको देखिन्छ । यसरी आयात हुने पानीमा मिनरलयुक्त, हिउँबाट प्रशोधित र चिनी मिसाइएको गरी तीन प्रकारको पानी पर्छन् । यूएईबाट हिउँबाट प्रशोधितबाहेक अन्य दुई प्रकारको र भारतबाट तीनै प्रकारको तथा अन्य मुलुकबाट सामान्यतः मिनरलयुक्त र चिनी मिसाइएको पानी आयात हुने गरेको छ । यसरी नेपाल भित्रीएको पानी यहाँका पाँचतारे होटल, विदेशी नियोग, र नेपालमै वस्दै आएका विदेशीहरुले प्रयोग गर्छन् । त्यसमा पनि अधिकांश दूतावासले आफ्नै देशको खानेपानी उपयोग गर्छन् । नेपालमा उत्पादीत खानेपानीले यहाँका नेपालीलाई खानपुग्छ । तर यदी सरकारले खानेपानीलाई प्राथमिकतामा राख्ने हो भने खानेपानीको उपलब्धता अझ्mै बढी हुने थियो ।

1

Scroll to Top