निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्ववहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिदै महारालाई सुनपानीले चेख्यायकी छिन । उनले दिएको निवेदनसँगै अव महरा माथिको छानविन रोकिने भएको छ ।
पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।
संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।


