नेपालीमा एउटा उखान नै छ कहिनभएको जात्रा हाडी गाउँमा अनी हाँडी गाउँमा पनि नभएको जात्र सडकमा देख्न पाइन्छ । यतिखेर यस्तै सडक जात्रा भएको छ । दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति शी चिनफिङलाई स्वागत गर्न बनाइएको स्वागत गेट ढलेको छ । राजधानीको बबरमहलमा बनाइएको स्वागत गेट ढलेको हो । शुक्रवार दिउँसो उक्त गेट ढलेको हो । अहिले प्रहरीको एउटा टोली ढलेको गेट मरम्मत गर्न खटिएको छ ।


