कार्तिक ०८, २०७६
काठमाडौं । अहिले नेपालमा मौसम बदली भएका कारण चिसो ह्वात्तै बढेको छ । यो अरब सागरमा बनेको ‘क्यार’ चक्रवातका प्रभावले गर्दा भएको र नेपालका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘ महाशाखाका अनुसार बाँकी भूभागहरुमा मौसम सामन्यतया सफा रहतापनी प्रदेश नं. १, २ र ३ मा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसको प्रभाव केही दिनसम्म जारी रहने छ ।


