१८, कार्तिक, २०७६ । वीरगञ्ज । जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवानको हत्या उनकै श्रीमानबाट भएको पत्ता लागेको छ । उनको शव पर्साको ठोरी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाबुलाई नियन्त्रणमा लिइसकेको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।।


