२४ कात्तिक, काठमाडौं –
विकास र समृद्धि नै पछिल्लो समय मृत्युको कारण हुँदै गएको छ । यसैभित्रको सडक विस्तार र दुर्घटना पनि विश्वमा दैनिक बढ्दै गएको छ । नेपालमा पनि सडक विस्तार र दुर्घटना दुबै बृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्षको साढे ३ महिनामा चार हजार ६ सय ५७ वटा सडक दुर्घटना भएका छन् । सातवटै ट्राफिक प्रहरी कार्यालको तथ्यांक अनुसार सवारी दुर्घटनामा ५ सय ३८ जनाले ज्यान गुमाएका छन् । यस आधारमा हेर्दा दैनिक ५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । तथ्याङ अनुसार दैनिक सरदर ४४ वटा दुघर्टना भएका छन् । यी दुर्घटनामा ४ हजार ६ सय ८८ जना घाइते भएका छन् । यस अवधिमा दसैं र तिहारमा सबैभन्दा बढी सडक दुर्घटना भएको देखिन्छ । यो छोटो अवधिमा सवारी दुर्घटनामा सबैभन्दा बढी प्रदेश ५ मा एक सय ४६ जनाले ज्यान गुमाएका छन् । प्रहरी कार्यालयहरुका अनुसार प्रदेश १ मा ८६, प्रदेश २ मा एक सय १०, प्रदेश ३ मा ७८, प्रदेश ४ मा ५९, प्रदेश ६ मा ३४ जना र प्रदेश ७ मा २५ जनाले ज्यान गुमाएका छन् ।


