Banijya News

ग्लोबलको बन्दीपुरमा १५० औ शाखा

1
1.2K Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले तनहूँको बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ ।

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको बैंकद्धारा पेसित विज्ञप्तिमा भनिएको छ ।

1

Scroll to Top