Banijya News

भक्तपुरमा निशुल्क स्वास्थ्य शिविर

1
1.1K Shares

०९ मंसिर, २०७६, काठमाण्डौ । इनरह्वील क्लब अफ भक्तपुर तथा सुर्य्विनायक नगरपालिका–५ को संयुक्त आयोजनामा कटुन्जे स्वास्थ्य चौकीको प्राङ्गगणमा निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो आयोजनाबाट एक सयजना महिलाले स्वास्थ्य जाँचको सेवा प्राप्त गरेका छन् ।

आयोजित शिविरमा पाटन महालक्ष्मी स्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालका स्त्री रोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फे नेतृत्वको टोली सहित गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनीकका डा. बिना श्रेष्ठ सहितले स्वास्थ्य जाँच, पाठेघर, ब्लड प्रेसर, जाँच लगायतका सेवाहरु प्रदान गरेको थियो ।
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिला दिदी बहिनीको प्यास स्मेर जाँच र कटुन्जे हेल्थपोष्टको सहयोगमा निशुल्क ब्लड सुगर जाँच उपलब्ध गराईएको थियो ।

शिविरमा ओम फर्मा स्युटिकल ल्याबोरेटरी र गणेशमान सिंह मेमोरियल अस्पतालले निशुल्क औषधि समेत वितरण गरेका थिए ।

कार्यक्रममा सहयोगी डाक्टर तथा संघ संस्थालाई प्रशंसापत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

1

Scroll to Top