Banijya News

वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या १२ मात्रःसात सय ४१ स्थानीय तहमा पुगे बैंक

1
1.1K Shares

०७ पौष, २०७६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको विस्तृत प्रतिवेदनअनुसार सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले सात सय ४१ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी रहेको स्थानीय तहको संख्या १२ मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरुको कुुल संख्या भने यस अवधिमा एक सय ६७ पुुगेको छ । सोअनुुरुप २८ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ९१ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ असोज मसान्तसम्म कुुल एक सय ७८ वटा बैंक तथा वित्तीय संस्था मर्जररप्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ३५ संस्थाको इजाजत खारेज हुन गई कुल ४३ संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने नौ हजार दुुई सय २३ वटा रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या तीन हजार नौ सय ३५, विकास बैंकहरुको एक हजार दुुई सय ७३, फाइनान्स कम्पनीहरुको दुुई सय २० र लघुुवित्त वित्तीय संस्थाहरुको तीन हजार सात सय ९५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको चार महिनामा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ३ मा पनि एक सय १९ स्थानीय तह रहेकोमा एक सय १७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८४ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश ५ मा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८३ स्थानीय तहहरुमा बैंकहरुको शाखा पुुगेको छ ।

1

Scroll to Top