Banijya News

वायुसेवादोस्रो बोइङ ६५ करोडमा बिक्री हुँदै, अमेरिकी कम्पनी सीएसडीएसले खरिद गर्ने

1
1.1K Shares

पौष १०, काठमाडौं ।
नेपाल वायुसेवा निगमको दोस्रो बोइङ ७५७ ’गण्डकी’ अमेरिकाको सीएसडीएस कम्पनीले ५.७१ मिलियन डलर(करिब ६५ करोड रूपैयाँ)मा उक्त बोइङ खरिद गर्नका लागि प्रतिबद्धता जनाएको निगमले बताएको छ । बोइङ खरिदका लागि गत साता एभियोन, एमके एभिएसन र सीएसडीएसलगायत तीन अमेरिकी कम्पनीका प्रतिनिधि नेपाल आएका थिए । अमेरिकी कम्पनी सीएसडीएस एयरक्राफ्ट सेल्स एण्ड लिजिङ इन्कले ५.७१ मिलियन डलरमा बोइङ ७५७ खरिद गर्ने प्रतिबद्धता जनाएको छ,’ निगमका प्रवक्ता गणेश बहादुर चन्दले भने, ’अब बोर्डको छलफलपछि यो कम्पनीलाई जहाज बिक्री गर्ने नगर्ने कुरो टुंगो लाग्नेछ । यसका लागि निगमको बोर्ड बैठक शुक्रबार बस्ने उनले बताए । नाइन(एन(एसीबी’ कल साइनको उक्त जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७(२ एफ ८ सीबी हो । सन् १९८८ मा बनेको बोइङ ७५७ ले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ ।

1

Scroll to Top