पुस १३, काठमाडौं ।
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको हो ।
चाँदी भने शुक्रबारको तुलनामा चाँदी पाँच रुपैयाले घटेर ८८५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।


