Banijya News

देउवा जी गुटको सभापति छोडेर कांग्रेसको सभापति बन्नुहोसः पूर्वमहामन्त्री सिटौला

1
1.1K Shares

पुस १८, काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई कुनै गुटको नभै संम्पूर्ण काग्रेस पाटीको सभापति बन्न आग्रह गरेका छन् ।
१४ मंसिरमा भएको उपनिर्वाचनमा बाग्लुङमा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका कांग्रेसका युवा नेता जीत शेरचनले मतदाता र शुभेच्छुकका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सिटौलाले सभापति देउवालाई उनी निकटका केही नेताको सभापति नभै सम्पूर्ण देशकै काग्रेश नेता कार्यकर्ताको सभापति बन्न आग्रह गरेका हुन् ।
‘देउवा जी सम्पूर्ण कांग्रेसको सभापति हो कुनै गुठको नेता नबन्नु होस, तर उहाँ गुटको मात्र नेता बन्नु भएको छ । यो नै नेपाली कांग्रेशको दुर्भाग्य हो,’ सिटौलाले भने । आँटिलो र हिम्मतवाला नेता भन्दै प्रशंशा गर्नेहरुको एकलौटी कुरा सुन्दै निर्णय गराउँदै जाँदा उनीहरुको स्वार्थ त पुरा होला, तर पाटीले ठूलो क्षतीबेहोर्नु परेको छ ।’
सभापति देउवाले गत ११ पुसमा केन्द्रीय कार्यसमितिमार्फत् एकलौटी ढंगले विधान संशोधन गर्दै भएका निर्णयहरु सच्याएमा आफूले सहयोग गर्ने, तर गल्ती नसच्याएमा सभापति मान्न गाह्रो हुने बाताए ।
देउवा एक्लैले तय गरेको यात्रा सफल नहुने भन्दै सिटौलाले सरकारविरुद्ध उनले एक्लै लड्न नसक्ने र केही पनि गर्न नसक्ने दाबी गरे । उनले भने, ‘मैलै सभापतिलाई गल्ती सच्याउन लिखित ४ बुँदे पत्र दिएको छु । त्यही अनुसार सच्चिनु होला भन्ने विश्वास छ । जुन दिन विश्वास टुट्छ त्यस दिनदेखि उहाँलाई सभापति मान्नु पर्छ भन्ने छैन ।’
सिटौलाले सभापति देउवाका कदम हेर्दा निष्पक्ष महाधिवेशन हुने विषयमा समेत आशंका पैदा भएको भन्दै पार्टी भित्रको बृहत एकता चाहने हो भने समझदारीको विकल्प नरहेको पनि बताए । उनले थपे ‘राजतन्त्रको लडेको लास उठाउने सौभाग्य पनि मैंले पाए । अव देउवाको अहंकारको लास पनि मैंले उठाउँनु पर्ने हो की ।’ सिटौला थपे ।

1

Scroll to Top