Banijya News

ओभरमा ६ छक्का प्रहारगरेपछि अर्को रेकर्ड

1
1.1K Shares

पुस २१, काठमाडौं ।
न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् । कार्टर घरेलु र अन्तर्रा्ष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् ।
२५ वर्षीय बायाँ हाते ब्याट्सम्यानले बाँया हाते स्पिनर एन्टन डिभिचको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले २९ बलमा अविजित ७० रन बनाउँदा उनको टिमले दुई सय २० रनको लक्ष्य सात विकेटले जित्यो ।
यो उपलब्धि हासिल गर्दै कार्टर ग्यारफिल्ड सोबर्स (सन् १९६८), रवि शास्त्री (सन् १९८४), हर्शेल गिब्स (सन् २००७), युवराज सिंह (सन् २००७), रस व्हाइट्ले (सन् २०१७), हजरतुल्लाह जजाई (सन् २०१८) को सूचीमा अटाएका छन् ।

1

Scroll to Top