पुस २९, काठमाडौँ ।
नेपालका लागि भारतीय राजदुतको जिम्मेबारी विनय मोहन क्वात्राले पाएका छन् । विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए ।
नेपालको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले मन्त्रालयले भारतीय पक्षबाट नयाँ राजदूतको बारेमा हालै सूचना पाएको बताएका छन् । क्वात्रा फेब्रुअरीमा काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ ।
सन् २०१० मे देखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए । उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए ।


