Banijya News

नेपाली साहित्य हिन्दी र चिनियाँ भाषामा समेत अनुवाद गर्ने घोषणा

1
1.1K Shares

१२ माघ, २०७६, काठमाडौं ।
नेपाली साहित्य क्षेत्रलाइ विश्वभर प्रवर्दन तथा सहयात्रा गर्ने उदेश्य सहित शुक्रबार एघारबुदेँ घोषणा पत्र जारी गर्दै राजधानीमा विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ ।
विभिन्न देशको प्रतिनिधि रहेको सम्मेलनले नेपाली साहित्यलाई छिट्टै हिन्दी र चिनियाँ भाषामा समेत अनुवाद गरी प्रकाशन गर्ने घोषणा गरेको छ ।
नेपाली साहित्य अभियान सम्मेलनको उद्घघाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले पछिल्लोपटक साहित्यिक क्षेत्र बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन् । त्यस्तै प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्य अनुवादबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त सम्मेलनमा भारतबाट आएका साहित्यकार डा. राजेन्द्र भण्डारीको रचना वाचन रहेको थियो । त्यस्तै, सपना गौतमको गजल कृति, र विश्व नेपाली साहित्य महासंघको मुखपत्र ’साहित्य संसार’ पनि लोकार्पण गरिएको थियो .।

उक्त सम्मेलनमा म्यान्मारबाट लक्ष्मण न्यौपाने, भुटानबाट डेन्जाम साम्पाङ राई, भारतबाट डा. कविता लामा, नेपालबाट राजन, प्रकाश सायमी, डा. दिवाकर प्रधान, नयनराज पाण्डे र प्रेम प्रधान सहभागी जनाएका थिए । सम्मेलनमा ५० हजार रुपैयाँ र सम्मानपत्रसहितको विश्व नेपाली साहित्य स्रष्टा पुरस्कार यसपटक सिक्किमका डा. राजेन्द्र भण्डारीलाइ दिइएको थियो । त्यस्तै २५ हजार रुपैयाँको विश्व नेपाली युवा स्रष्टा पुरस्कार कवि विमला तुम्खेवाले , १० हजार रुपैयाँको भाषाभाषी साहित्य स्रष्टा पुरस्कार मैथिली भाषी श्यामसुन्दर यादव र विश्व नेपाली साहित्य सम्मान किशोर पहाडीलाइ प्रदान गरीएको थियो ।
सम्मेलनमा विश्व नेपाली साहित्य महासंघको उत्कृष्ट शाखाको रूपमा इजरायल शाखालाई र उत्कृष्ट सदस्यको रूपमा रमेश कँडेललाई सम्मान गरिएको थियो भने श्याम रिमाललाई प्रशंसापत्र दिइएको थियो । .

1

Scroll to Top