Banijya News

आज सहिद दिवस मनाइँदै

1
1.1K Shares

माघ १६ , काठमाडौँ ।
देश र जनताको हित र अधिकारको लागी सधै अडिग रहि जीवन त्याग गर्ने सहिदको दिन हो आज । आज विहिबार सहिदप्रति सम्मान गर्दै देशभर विभिन्न कार्यक्रम गर्दै सहिद दिवस मनाइँदै छ ।
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाउन थालेको हो ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जन–आन्दोलनहरूमा आफ्नो जिवनको आहुती दिएका थिए ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।
सहिद धर्मभक्त माथेमाकी छोरी रेणुदेवी
सहिद धर्मभक्त माथेमाकी छोरी रेणुदेवी लाई बुबाहरूको राजनीतिक कर्मकै कारण देशनिकला गरिएको थियो । बुवा धर्मभक्त माथेमालाई फाँसीको सजाय दिइँदै गर्दा उनि चार वर्षकी थिईन । उनी सानै हुदा आमा बाबु गुमाएका कारण अहिले रेणुदेवीलाई आफ्ना आमा–बाबुबारे देखेभोगेको भन्दा सुनेपढेको सम्झना मात्रै रहेको बताउछिन् । रेणुदेवीले भारतको इलाहाबादबाट गृह विज्ञानमा स्नातक गरिन । त्यसपछि काठमाडौं आएकी उनले महेन्द्र आदर्श विद्याश्रममा झन्डै ३० वर्ष लगातार पढाइन । त्यसपछि बुबा धर्मभक्तका नाममा नख्खु, ललितपुरमा विद्यालय खोलेर अनाथ–विपन्नका लागि सहयोग पुग्ने गरी कक्षा चलाइन । केही वर्षयता अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएकी छन् । ८३ बर्षीया रेणुदेवि आफनो बुवा–आमाको समझनामा कहिलेकाहि काठमाडौं आउने गर्छन् ।

1

Scroll to Top