१९ माघ ,२०७६, काठमाडौँ ।
आरएसडिसि लघुवित्त वित्तिय संस्थाले आफ्नो आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनिले ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनिले २ करोड ८४ लाख ७९ हजार रुपैया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको भन्दा यस आर्थिक वर्षको खुद नाफा ६१.८१ प्रतिशतले बढि छ । त्यस्तै कम्पनिको खुद ब्याज आम्दानी ४०.६३ प्रतिशत र सञ्चालन नाफा ६९.७४ प्रतिशतले ले बढेको छ ।
कम्पनिको खुद नाफा बढेको कारणले खराब कर्जा घट्नुको साथै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनिको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेको छ । हाल कम्पनिको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ९४ पैसा छ ।


