Banijya News

वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच सम्झौता

1
1.1K Shares

२० माघ, काठमाडौं ।
वैदेशिक रोजगार विभाग ले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड एनएचएलको कनेक्टआइपिएस इपेमेन्ट प्रणालीमार्फत डिओएफइको अनलाइन भुक्तानी संकलन गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्वारा हस्ताक्षर भएको थियो ।

सम्झौतापछि वैदेशिक रोजगार विभागका कनेक्टआइपिएस इ–पेमेन्ट प्रणलीमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले कनेक्टआइपिएस र विभिन्न बैंकिङ च्यानलहरुबाट भुक्तानी गर्नसक्ने बताइएको छ । उक्त भुक्तानी कनेक्टआइपिएस इ–पेमेन्ट प्रणलीमार्फत वैदेशिक रोजगारकर्मीहरु तथा अन्य संस्थाहरुका बैंक खाताबाट सोझै तोकिएको बैंक खातामा प्राप्त गर्न सकिनेछ ।
वैदेशिक रोजगार विभाग र एनसीएचएलबीच भएको यस सम्झौताले विभागको इ–पेमेन्ट लागू गर्ने उद्देश्यलाई टेवा पुर्याउनुका साथै यस प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ती बुझाउनु पर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन् ।
सर्वसाधारणलाई अन्लाईन माध्यम मार्फत भुक्तानी गर्न सहज वातावरण प्रदान गर्ने अपेक्षा सहित कल्याणकारी कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परिक्षण शुल्क, कम्पनी नविकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाईन मार्फत भुक्तानी गर्न सकिने छ ।

1

Scroll to Top