Banijya News

हृदयघात हुन नदिनुको साथै कफीको अन्य फाइदा के छ त?

1
1.2K Shares

०८ फागुन, काठमाण्डौ ।
कफी हामीले दिनहुँ प्रयोग गर्ने पेय पदार्थ हो । विशेष गरी शहरी जीवनमा दिनको सुरुवातको अत्यावश्यक चिज बन्दै गएको कफीको प्रियता दिनप्रतिदिन विस्तार हुँदैछ । जाडोमा अझ कफीको प्रयोग गर्नेको संख्या झन् बढी हुन्छ । ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर गर्दैन ।
कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम हुन्छ । त्यस्तै, दुखाई कम गर्ने, फाइबरको इनटेक बढाउने, कलेजोको सिरोसिसबाट जोगाउने, टाइप टू डाइबिटिजको जोखिम कम गर्ने, अल्जाइमरको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने, पार्किन्सनबाट जोगाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।


नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरबाट छुटकारा पाउन सकिन्छ ।
ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अध्ययनले त अझ कफी पिउनुको सबैभन्दा ठूलो फाइदा चाहिँ कलेजोसम्बन्धी रोग अनि क्यान्सरको कम जोखिम देखिएको छ।

1

Scroll to Top