फागुन १९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पल्ट मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै हुने भएको छ । चिकित्सकहरुले मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा अप्रेशनबारे छलफल गरे पनि त्रिवि शिक्षणमै हुने भएको हो । त्यस्को लागि नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुईजना चिकित्सक काठमाडौं आइपुगेका छन् । उनी हरु ओलीको १३ वर्षअघि अगाडि अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण गरेका डाक्टर हुन् । उनीहरु नेपाल आइपुगेका छन् । उनीहरुलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपणका क्रममा नेपालका चिकित्सकहरुलाई साथ दिनेछन् ।
बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरुले आवश्यक तयारी गरेका छन् । ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने भएकी छन् । जस्को लागि मिर्गौला दाता समीक्षाको सबै स्वास्थ्य परीक्षण भइसकेको छ । उनी मामा नाता पर्ने प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनका लागि यसअघि नै तयार भइसकेकी थिइन् । ओलीको ६९औँ जन्मदिनमा पनि उनी बालुवाटार पुगेकी थिइन् । त्यहीँ ओलीले आफूलाई मिर्गौला दिने समीक्षाको चिनजान अरुसँग गराएका थिए ।
चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका छन् । प्रधामन्त्रीले आफ्नै नातेदारबाट मिर्गौला लिन चाहे अनुसार अब भाञ्जी नाता पर्ने समीक्षा तयार भएकी हुन् ।


