फागुन २०, काठमाडौँ ।
नेपाल–बंगलादेश बिच व्यापार वार्ताका लागि मुख्य दश वटा एजेण्डामा छलफल हुने भएको छ । आज मंगलबार देखी बंगलादेशको राजधानी ढाकामा दुई देश बिच व्यापार वार्ता हुदैछ । दुई दिन चल्ने व्यापार वार्तामा वाणिज्य तथा आपुर्ती मन्त्रालयले पुराना र नयाँ मुद्दा समेटेर एजेण्डा तयार पारेको छ । उक्त व्यापार वार्तामा वाणिज्य सचिव बैकुण्ठ अर्याल र सहसचिव नवराज ढकाल सहभागी हुँदैछन् ।
वार्ताको सुरुमा चौथौं सचिवस्तरिय वार्ताको प्रगती समिक्षा गरिनेछ भने काठमाडौंमा भएको सह–सचिव स्तरीय वार्ताको पनि समिक्षा हुनेछ । बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत बाट विजुली किन्न जिएमआर सँग सम्झौंता समेत गरिसकेको छ ।
बंगलादेशले लामो समय पछी नेपालबाट धागो निकासी खुला गरेको छ । तर नेपालबाट एक्रेलिक धागो मात्रै निकासी गर्न पाउने प्रावधान राखेको थियो एक्रेलिक धागो मात्रै निकासीको सुविधाले नेपाली उद्योगलाई कुनै फाइदा नभएकोले निकासी धेरै न्यून भएको हो ।
नेपालले केही वस्तुलाई भन्सार रहित सुविधा दिन बंगलादेश लाई आग्रह गर्ने एजेण्डालाई समेत प्राथमिकतामा राखेको छ ।
नेपालले धागो निकासीलाई प्राथमिकतामा राखेको छ भने बंगलादेशले जुस निकासीलाई मुख्य एजेण्डा बनाउने देखिएको छ ।


