प्रधानमन्त्री केपीशर्मा ओलीलाई अझै एक सातासम्म अस्पतालमै राखिने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई हेरेर सात दिन अस्पतालमै राखिने भएको हो ।
प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले ओलीलाई चार दिनपछि डिस्चार्ज गर्न सकिने भएपनि भेटघाट कम गराउन एक सातापछि मात्र डिस्चार्ज गराउन लागिएको बताइन्।
बुधबार अप्रेशन कक्षबाट पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका प्रधानमन्त्री उठेर बस्न थालेपछि आज देखि सामान्य फिजियोथेरापी पनि गराउन थालिने अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकहरूले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको बताएका छन् ।
यसैबिच प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले प्रधानमन्त्री ओली ज्ञानी तथा भद्र भएकाले उपचारमा सहज गरेको बताएकीछीन् ।


