चैत ०८, काठमाडौं ।
टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका छन् ।
अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ ।
बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ ।


