चैत ०८, काठमाडौं ।
नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली स्वदेश फर्किएका छन्। एयर इन्डिया र थाई एयरका जहाजले शनिबार ती देशहरुबाट ६१ जना यात्रुहरु नेपाल ल्याएको हो ।
उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
सरकारले शुक्रबारदेखि लागू हुने गरी युरोपका सबै मुलुक, खाडी मुलुक, पश्चिम एसियाका सबै मुलुकहरु, जापान, मलेसिया र दक्षिण कोरियाबाट आगमन प्रतिबन्ध लगाएको थियो।
कोरोना भाइरसको प्रकोप भित्रिन नदिन सरकारले लगाएको अस्थायी प्रतिबन्ध उल्लंघन गर्दै एयर इन्डिया र थाइ एयरवेजले ५५ नेपालीलाई विभिन्न मुलुकबाट नेपाल ल्याएका हुन् ।


