Banijya News

कोरोनाको प्रभाव भारततीरः संक्रमित बढदै जाँदा आइतबार ‘जनता कर्फ्यु’

1
1.1K Shares

चैत ०९, काठमाडौं ।
चीनबाट फैलिएको कोरोना भाइसरको प्रभाव यतिखेर इटालीमा सबैभन्दा बढी देखिएको छ । इटलीमा एकैदिनमा ७९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको प्रभाव इटलीबाट जर्मन हुँदै यतिखेर भारततीर मोडिएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सक्रमित थपिएका छन भने संक्रमितको संख्या तीन सय ३२ पुगेको छ । पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने २३ जना उपचारपछि घर फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ ।
प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए । गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’ एजेन्सी

1

Scroll to Top