चैत ९, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ।
शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज आइतबार बढेर छापावाल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै , चाँदी शुक्रवारको तुलनामा २० रुपेयाले बढेर प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासघले जनाएको छ ।


