Banijya News

विद्युत् नियमित गराउँन हाइ अलर्टमा प्रधिकरण कर्मचारी

1
1.2K Shares

चैत ०९, काठमाडौं ।
कोरोना भाइरसको जोखिम बढदै जाँदा त्यस्को नियन्त्रण्को लागि विद्युत प्राधिकरणले हाई अलर्ट सेवा शुरु गरेको छ । नियन्त्रणका लागि सरकारले अत्यावश्यक वाहेक सबै सेवा बन्द गरेपछि विद्युत प्राधिकरणले विजुली नियमित बनाउन कर्मचारीलाई हाइ अलर्टमा राखेको हो । प्राधिकरणले ग्राहकलाई जसरी पनि विजुली आपूर्तिका लागि नो लाइट सेन्टर नियमित संचालनको लागि कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ । प्रधिकरणले तीन सिफ्टमा २४ घण्टानै कर्मचारी तयारी अवस्थामा राखेको हो । प्राधिकरणले दिने सेवा भनेको अत्यावश्यक सेवा भएकोले सबै उपकरणहरु तयारी अवस्थामा राखेर सोही अनुसारको कर्मचारी अलर्ट समेत गरेको हो ।

1

Scroll to Top