चैत ०९, काठमाडौं ।
तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा उनीहरुको मृत्यु भएको छ ।
दुर्घटनामा परेको बस नदीमा नै रहेको छ । उद्धार कार्य जारी छ ।


