Banijya News

मन्त्रीको एक्सनपछि बायुसेवाले भाडादरको सीमा घटाए

1
1.1K Shares

चैत १०, काठमाडौं ।

सरकारले लामो दुरीका सवारी साधनमा प्रतिबन्ध लगाएपछि यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई मार्ग भएको समय मनलाग्दी हवाई भाडा असुलेका हवाई कम्पनी अन्तत भाडा दर घटाएका छन् ।
कोरोना भाइरसले जटिलता निम्ताएको मौकामा मनलाग्दी हवाई भाडा असुलेका कम्पनीहरुले अन्ततः अधिकतम् सीमा घटाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको ‘एक्सन’सँगै वायुसेवा सञ्चालकहरुले अधिकतम् भाडाको सीमालाई घटाएका हुन् । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न भनेका थिए । मन्त्रीको आग्रहलगत्तै बुद्ध एयरले अधिकतम् भाडाको सीमालाई घटाएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वायु सेवा सञ्चालक संघ र जनताहरुको अनुरोधमा भाडा घटाएको यतिले जनाएको छ । श्री एयरलाइन्सले यसअघि नै भाडाको सीमा घटाइसकेको छ ।

1

Scroll to Top