Banijya News

स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगमको एउटा जहाज ग्वान्जाओ प्रस्थान

1
1.1K Shares

चैत १५, काठमाडौं ।
चीन सरकारले दिने भनिएका १९ थरी स्वास्थ्य सामग्री ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज ग्वान्जाओका लागि उडेको छ । शनिबार मध्यान १२ बजेर ३१ मिनेटमा नेपाल वायुसेवाको जहाज आरए ४१७१ ग्वान्जाओतर्फ उडेको हो । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई), भेन्टिलेटर लगायतका सामग्री ल्याउने बताएको छ ।
जहाजमा नेपाल एअरलाइन्स ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना रहेका छन् । उक्त प्लेन आजै राती १ बजेतीर नेपाल आउने संकृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले समाजिक संजालमा लेखेका छन् । उनले संजालमा लेखेका छन
“स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 अहिले १२ः३१ मा ग्वान्जाओका लागि उडेको छ । जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने छ ।”


नेपालले चीनसँग १९ थरी र भारतसँग १६ थरी स्वास्थ्य सामग्री मागेको थियो। अर्कातिर एक चिनियाँ कम्पनीले दिएका चिकित्सकका व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहितका अत्यावश्यक किट्सहरु रसुवागढी नाका हुँदै आइतवार नैं काठमाडौं आइपुग्दैछन् ।

1

Scroll to Top