Banijya News

सातै प्रदेशलाई भाटभाटेनीको २५ करोड सहयोग

1
1.1K Shares

१७ चैत, काठमाडौं ।
कोरोना भाइरसको संक्रमण हुन नदिन तथा लकडाउनका प्रभावितहरुलाई राहत दिने कार्यमा सघाउ पुगोस भन्दै प्रतिष्ठित व्यावसायिक संस्था भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पनि एक करोड रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।
यस सम्वन्धमा समूहका अध्यक्ष मीनबहादुर गुरुङ कोरोनाविरुद्धको अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

1

Scroll to Top