१८ चैत, काठमाडौं ।
सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिन निर्देशन दिएको थियो । सरकारको निर्णयसँगै निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन)ले सरकारको निर्णय स्वागत योग्य भएको भन्दै आफ्ना शर्त पनि सरकराले मान्नु पर्ने बताएको छ ।
प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बैंकबाट ऋण लिएका विद्यालयहरूलाई एक महिनाको बैंक ब्याज मिनाहा र भाडामा बसेका विद्यालयको घरबहाल समेत छुट गर्नुपर्ने बताएका छन् ।
उनले भन्छन्, –“भाडामा विद्यालय संचालन गरेका सस्थाको भाडा र बैंकबाट ब्याज लिएका सस्थाको दुबै छुट भएमा प्याब्सन पनि चैत महिनाको शैक्षिक शुल्क छुट दिन तयार छ ।”
सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरूसँग एक महिनाको घर भाडामा नलिन घरधनीहरूलाई आग्रह गरेको छ । प्याब्सनको नयाँ घारणासँगै चैत महिनाको शुल्क विवादमा परेको हो । सरकारले एकलैटी निणर्य गर्दा शुल्क विवादमा परेको हो ।


