१९ चैत, काठमाडौं ।
नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको जनगुनासो आएपछि नयाँ स्थान तोकेर ग्यास विक्री गर्न लागेको हो ।
कम्पनीले बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गर्ने भएको हो ।


