Banijya News

‘आइसोलेसन’ खोज्दै २० युवतीसहित जर्मनी पुगे थाइल्याण्डका राजा

1
1.1K Shares

१९ चैत्र २०७६

थाइल्याण्डका राजा  ६७ वर्षीय महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरुसहित जर्मनी पुगेका छन् ।

कोरोनाको संकटको बेला उनी अहिले जर्मनी पुगेर एक भव्य रिसोर्टमा सेल्फ आइसोलेसनमा बसेका छन् । मिडियाहरुका अनुसार यस्तो बेलामा पनि उनी अहिले मोजमस्तीमै छन् ।

उनी २० महिला समेत साथै लिई जनतालाई छाडेर जर्मनी भागेको मिडियामा जनाइएको छ ।  थाइल्याण्डमा कोरोनाभाइरसको संकटबाट गुज्रिरहेका बेलामा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । यो बारे जर्मन पत्रिका बिल्डमा छापिएको छ ।  

1

Scroll to Top