लकडाउनले गर्दा समस्यामा परेका उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न ग्याँस उद्योगहरुले आज शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् ।
नेपाल आयल निगमका अनुसार उपत्यकासहित देशका सबै जिल्लामा ओम ग्यास, नारायणी ग्यास, नेपाल ग्यास, एचपी ग्यास, गौरी शंकर ग्यास, कन्काई ग्यास, साइबाबा ग्यास, श्रीराम ग्यास, लुम्बिनी ग्यास, त्रिशूल ग्यास, मनोज ग्यास, भानु ग्यास, सूर्य ग्यास, आरती ग्यास, श्रीमाया ग्यास, मारुती ग्यासलगायत ग्यास वितरण हुँदैछन्।
यस्तै, नेपाल आयल निगमकाअनुसार शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ ।
यस्तै नेपाल ग्याँस कम्पनी अन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४८० सिलिण्डर वितरण हुँदैछ ।
निगमले ग्यास नपाए हटलाइन ११४६ वा टोलफ्री नं. १६६००११००२८ सम्पर्क गरी वा ९८५१२७३४७९ तथा ९८५१२७३४३१ मा सम्पर्क गरी गुनासो राख्न आग्रह गरेको छ ।
हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८
अन्य नम्बरहरु
९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९


