चैत २२, काठमाडांै ।
नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् ।
नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गदिएपछि सम्बन्धित मूलुकले अफ्ना नगरिक लैजाने भएका हुन् ।
जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुबै जहाज काठमाडौं आइसकेका छन् । मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गरिसकेका छन् ।
कतार एयरवेजको जहाज शनिबार दिउँसो दोहाहुँदै पेरिस पुग्ने तालिका रहेको छ । आजै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजानेछ ।
लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावास मार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडान मार्फत् लगिरहेका हुन् ।


