Banijya News

मलेसियामा २२ नेपाली लकडाउन उल्लघंन गर्दा पक्राउ

1
1.1K Shares

क्वालालम्पुर, २ बैशाख ।
मलेसियामा २२ नेपाली आलगम नियन्त्रण आदेश तोड्दा पक्राउ परेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नलागु गरेको आगमन नियन्त्रण आदेश (एमसिओ) उल्लघंन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
मलेसिया सरकारले कोरोना रोकथामको लागि अप्रिल २८ सम्म आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर) लागु गर्दे बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध तोडदा मलेसियाको पेनाङस्थित चोंङ सडिएन बिएचडिमा कार्यरत ५ जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा शोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिल कुमार चौधरी, पँकज कुमार राय लाई रुम बाहिर निस्नेको फेला पारेपछि पक्राउ गरेको उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन् ।
त्यस्तै गत मार्च ३१ तारिखमा एमडिआई एसएनडि बिएचडि जोहोरबाट याम बहादुर सिजालि, स्याम बहादुर सुर्याबन्सी, महेश कुमार उपाध्याय, राज कुमार तामाङ, कमाल चालिसे र अर्का थर नखुलेका दिलीपलगायत ६ जनालाई पक्राउ त्यहाँ कार्यरत नेपालीले बताएका छन् ।
यस्तै अप्रिल १ तारिखमा मलेसियाको मलका मजिस्थानास्थित मिनायक टेक्नोलोजी कम्पनीबाट नेपाली श्रमिकहरु मिङमार डोल्मा तामाङ , मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी पक्राउ परेका छन । साथै एसएलसी टेक्नोलोजी कम्पनी सेलाङ्गोरबाट अप्रिल १ मा सन्जिव साहानी लगायत ४ जनालाई पक्राउ गरेको थियो ।

1

Scroll to Top