बैशाख ६, काठमाडौं ।
के तपाई फागुन र चैतको विद्युत् महसुल कसरी तिर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? छ भने चिन्ता नलिनुहोस अव नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने नयाँ व्यवस्था गरेको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महशुल तथा विलम्बवापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् निर्णयका आधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत र यही बैशाखको विलको इनर्जी शुल्क (न्युनतम शुल्क बाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
सोही निणर्यको आधारमा प्रधिकरणले फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने छ ।


