काठमाडौं, १० वैशाख ।
नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको विरोधमा आज प्रदर्शन गरेको छ । नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले केपी ओली सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दे विरोध गरेको हो ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जीत कर्णको अगुवाइमा निस्केको विद्यार्थीको समुहले संघिय संसद भवान अगाडिको सडकमा केहीबेर प्रदर्शन गरेको थियो । कोरोनाबाट बच्नको लागि सबैप्रदर्शनकारीले तीन मिटरको डिस्ट्रेण्डमा उभिएर विरोध जनाएका थिए ।
हातमा प्लेकार्ड सहित विरोधमा उत्रिएको नेविसंघले संविधानविपरित ल्याइएको अध्यादेश फिर्ता गर, केपी ओली सत्ताको उन्मादमा जनता कोरोनाको त्रासमा लगायतका नारा लगाएका थिए । नेपाल विद्यार्थी संघको यो समुहले आजबाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने भएको छ । नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नुपर्ने बताएका छन् ।


