बैंशाख २१, सोलुखुम्बु ।-
सगरमाथा राट्रिष्य निकुञ्ज क्षेत्रमा बैशाख १५ मा छवटा कस्तुरी मृग पासोमा परी मरेको अवस्थामा स्थानीय र प्रहरीले फेला परे । यसरी कस्तुरी मृग मार्नुको कारण त्यस्को नभीको चोरी शिकारी रहेको थियो ।
निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न भएको आरोपमा अनुसन्धान गर्दा नौजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नाम्चेले नियन्त्रणमा लिएकामा भोजपुरको दिल्पा घर भएका ४९ बर्षिय राजेश राई, सोलुखुम्बुको महाकुलुङ–३ छेस्कामका ४९ वर्षीय मृगबहादुर राई, महाकुलुङ गाउँपालिका–२ का २६ वर्षीय राजेश राई, २७ वर्षीय मदन राई, ३५ वर्षीय रमेश राई र २५ वर्षीय परी कुलुङ रहेका जिल्ला प्रहरी कार्यालय सालुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
यस्तै, संखुवासभाको पाहा खोलाका २८ वर्षीय धनकर्ण राई, सिलिचुङ गाउँपालिका–३ का ३० वर्षीय सङ्खंराम राई र ४७ वर्षीय विष्णु राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तीहरु केही समयदेखि खुम्बु पासङ ल्हमु गाउँपालिका–४ मा बस्दै आएको र स्थानिय क्षेत्रमा संकास्पद ब्यवहार गर्ने आएको खुल्न आएको छ ।


