बैंशाख २२, सुर्खेत ।
छिमेकी प्रदेशमा कोरोना संक्रमण् तीब्र रुपमा फैलिएपछि कर्णाली प्रदेशले ७ दिनको लागि सीमा नाका सिश गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले यस्तो निर्णय गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् भने अन्य स्थानबा बाट पनि ठूलो परिमाणमा सर्वसाधारण कर्णाली प्रदेश प्रबेश गरेपछि प्रदेशले यस्तो निर्णय गरेको हो । निर्णय सँगै अव प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ ।
सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकता अनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने छन् ।


