बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै यसअघि दुई जनामा संक्रमण देखिएको थियो । यो सँगै देशभर संक्रमितको संख्या २४३ पुगेको छ । रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो ।


