Banijya News

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने

1
1.1K Shares

२ जेठ, काठमाडौं । नेपाल सरकार अन्र्तराष्ट्रिय सीमाको सुरक्षा गर्न प्रतिवद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । सरकराको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।


सरकराले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिने भएको छ ।


ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्ट्र भारतसँगको सीमासम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समयसमयमा उठिरहेका विषयहरूको सामाधान गरिने उनले बताइन् । उनले भनिन ’लिम्पियाधुरा, लिपुलेक र कालापानीक्षेत्र नेपाली भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ ।,’ उनले अगाडि थपिन, ’तदअनुरुप छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

1

Scroll to Top