ओपो र भोडाफोनले भोडाफोनको यूरोपियली बजारमा ओपोका स्मार्टफोनको व्यापक रेञ्ज भित्राउन सहकार्यको घोषणा गरेको छ । भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध छन् ।
सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्चुगल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपभोक्तलाई हस्तान्तरण गर्ने छन् । ओपो र भोडाफोनबीचको उक्त सहकार्यले उपभोक्तालाई अझ व्यपाक छनोटको अवसर प्रदान गरेको छ । साथै भोडाफोनका अन्तर्रा्ष्ट्रिय बजारमा फाइभजी एडप्सनमा सेवा तथा थप तिब्रता प्रदान गरिने भएको छ ।


